ट्रेण्डिङ

होमपेज / समाज

देशभर शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने

नेपालगाथा २०७७ माघ ३० गते शुक्रबार ०८:११:११ मा प्रकाशित

काठमाडौँ । देशभर शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, गण्डकी र प्रदेश नम्बर १ मा आंशिक बदली रहने छ ।

प्रदेश नम्बर २ मा भने रातिको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन्। केही दिन चिसो अझै रहिरहने देखिएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

अहिले बिहान देशको सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top