होमपेज / समाज
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र धरहरा निरीक्षण गरेका छन्। भूकम्पको कारण क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र धरहरा पुनर्निर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोषजनक अभिव्यक्ति दिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।
सिंहदरबारको पुनर्निर्माण काम सकेर फागुन ३ गते उद्घाटन गर्ने ज्ञवालीले त्यसक्रममा जानकारी दिए। धरहराको २१ तलासम्मको पुनर्निर्माणसम्म सम्पन्न भइसकेको र बाँकी रहेको दुई तलाको निर्माण कार्य फागुन महिनाभित्रै सम्पन्न गर्नेगरी काम बढेको ज्ञवालीले बताए।