ट्रेण्डिङ

होमपेज / समाज

स्काईभेटरले बाटो खन्ने क्रममा ढुङ्गा खसेर लाग्दा मृत्यु

नेपालगाथा २०७७ माघ २९ गते बिहीबार १८:२०:११ मा प्रकाशित

सुर्खेत, २९ माघ गुर्भाकोट नगरपालिका-२ मालारानीस्थित मालारानी गुफा भित्री सडकमा बा.२ क २४९१ नम्बरको स्काईभेटरले बाटो खन्ने क्रममा ढुङ्गा खसेर लाग्दा सोही ठाउँ बस्ने ३८ वर्षीया कौशिला ढकालको बिहीबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित मालारानी सामुदायिक वनमा घाँस काटि रहेको अवस्थामा उक्त ढुङ्गाले टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी उनको मेहेलकुना अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ढुङ्गाले लागेर घाइते भएकी सोही ठाउँ बस्ने ४५ वर्षीया मनिसरा डांगीको सोही अस्पतालमा उपचार भईरहेको छ । स्काईभेटर चालकलाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top