ट्रेण्डिङ

होमपेज / समाज

नक्कली परीक्षार्थी ५ जना पक्राउ

नेपालगाथा २०७७ माघ २९ गते बिहीबार १८:१७:३२ मा प्रकाशित

कैलाली, २९ माघ धनगढी उपमहानगरपालिका-२ स्थित जेशिस एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा सञ्चालित एचए केमेष्ट्री पहिलो वर्षको परीक्षामा नक्कली परीक्षार्थी बनि परिक्षा दिने ३ जना र दिन लगाउने २ जना गरी ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमध्ये कञ्चनपुर बेलौरी नगरपालिका-३ बस्ने २३ वर्षीय बिकाश जैसी, अछाम बूढाकोट बस्ने २० वर्षीय अनुज कुंवर र कैलाली गौरीगंगा नगरपालिका-९ बस्ने २० वर्षीया बन्दना पुनले अर्काको नाममा परीक्षा दिएका थिए भने कञ्चनपुर पुर्नवास नगरपालिका- ८ बस्ने २२ वर्षीया सिमा तिमिल्सेना र धनगढी उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय किशोरले अर्कालाई परीक्षा दिन लगाएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top