ट्रेण्डिङ

होमपेज / समाज

अब कोभिड उपचार सरकारी अस्पतालमा मात्रै, परीक्षण शुल्क १ हजार

नेपालगाथा २०७७ माघ २९ गते बिहीबार १५:४५:०६ मा प्रकाशित

काठमाडौँ । सरकारले कोभिड–१९ संक्रमितहरुको उपचार बिहीबारबाट सरकारी अस्पतालमा मात्रै हुने बताएको छ। यसअघि स्वास्थ्य मन्त्रालयले सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजहरुमा भर्ना भई उपचार गरेकाहरुको हकमा आज (बिहीबार) को मितिले १० दिनसम्मको मात्रै सोधभर्ना गर्ने स्पष्ट पारेको छ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा आज बसेको आइसिएस कमाण्ड बैठकले कोभिड–१९को उपचारका लागि सूचिकृत निजी अस्पताल तथा मेडिकल कलेजबाट गर्ने प्रक्रिया समेत स्थगित गरी सरकारीमा मात्रै गर्ने निर्णय गरेको हो। यस्तै सरकारले पीसीआर विधिबाट गरिने कोभिड–१९ परीक्षण शूल्कको घटाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारी प्रयोगशालाहरुमा कोभिड–१९ परीक्षणको शुल्क घटाएर एक हजार रुपैयाँ निर्धारण गरिएको बताएका छन्। कोभिड–१९को रोकथाम तथा नियन्त्रणको सम्बन्धमा बिहीबार बसेको आइसीएसको बैठकले निर्णय गरेको हो। यसअघि कोरोना परीक्षणको शुल्क दुई हजार तोकिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top