होमपेज / समाज
उदयपुर, २९ माघ २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-११ बस्ने २२ वर्षीय साईमन राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
साईमनले ती महिलालाई ललाई फकाई आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।