होमपेज / समाज
काठमाडाैँ। अबको तीन दिनसम्म देशका धेरै ठाउँमा मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने मौसमविद्हरुले जनाएका छन् ।
अस्ति बेलुकादेखि देशको पश्चिमी भूभाग हुँदै वायु प्रवेश गरेको मौसमी प्रणालीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिजो सामान्य पानी र हिउँ परे पनि अब वर्षाको सम्भावना कम रहेको हो । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ भने तराई तथा पहाडका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सफा रहनेछ । आजराति वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश १ मा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंमा आजको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजे काठमाडौंको तापक्रम ६.५ डिग्री सेल्यिस मापन गरिएकोमा दिउँसोको तापक्रम २०–२२ डिग्री सेल्सियस पुग्ने छ ।