ट्रेण्डिङ

होमपेज / समाज

पश्चिमी वायुकाे प्रभावले शुक्रबारसम्म वर्षा र हिमपातको सम्भावना

नेपालगाथा २०७७ माघ २८ गते बुधबार ०९:०९:५५ मा प्रकाशित

काठमाडाैँ।  नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरू भएको छ । पश्चिमी वायुकै प्रभावले शुक्रबारसम्म वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि समान्य बदलीको अवस्था रहेको छ। मौसममा भएको वदलीसँगै दिउँसो र राति मुलुकका अधिकांश पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको जनाइएको छ । आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

उच्चपहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा विहानपख हुस्सुरकुहिरो लागिरहँने र चिसो अझै केहि समय रहिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top