ट्रेण्डिङ

होमपेज / समाज

माघ ३० गते सोनाम ल्होसारमा सार्वजनिक विदा

नेपालगाथा २०७७ माघ २७ गते मंगलबार १९:३०:५५ मा प्रकाशित

काठमाडौँ । सरकारले सोनाम ल्होसारको अवसरमा माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सोनाम ल्होसारका दिन विदा दिइएको गृह मन्त्रालयले जनाएको छ। ‘२०७७ साल माघ ३० गते शुक्रबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरीका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र विदेशस्थित नियोगहरुमा विदा दिने  निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top