ट्रेण्डिङ

होमपेज / समाज

महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्धार

नेपालगाथा २०७७ माघ २७ गते मंगलबार १७:२३:०४ मा प्रकाशित

कञ्चनपुर, २७ माघ भिमदत्त नगरपालिका-१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको छ ।

उक्त स्थानमा मलामी गएको अवस्थामा भारतको टनकपुरस्थित एन.एच.पि.सि.द्वारा टनकपुर पावर हाउसको पानी सफाई गर्नको लागि महाकाली नदीमा पानी छाडेपछि पानीको बहाब बढ्न गई उनीहरु नदीको बीच भागको टापुमा फसेका थिए ।घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top