ट्रेण्डिङ

होमपेज / समाज

विभिन्न हातहतियार सहित पक्राउ

नेपालगाथा २०७७ माघ २७ गते मंगलबार १४:३७:१८ मा प्रकाशित

काठमडौं, २७ माघ रोल्पा, रोल्पा नगरपालिका-१० धाङसीखोलाबाट सोही ठाउँस्थित चिउरीडाँडा बस्ने २५ वर्षीय प्रकाश बुढा र ३९ वर्षीय नर बहादुर घर्ति मगर २ थान भरुवा बन्दुक, फलामका टुक्रा, बारुद र १ थान खुकुरी सहित सोमबार दिउँसो पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पा र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । स्याङ्जा, हरीनास गाउँपालिका-३ वलाम्दी बस्ने ४० वर्षीय तुल बहादुर रानालाई १ थान अवैध भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने ३१ वटा सिसाको छर्रा, बारुद, हतियारमा प्रयोग गरिने १ थान जंगी राउण्ड र भरुवा बन्दुकमा प्रयोग हुने २ थान चापघोडा सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले रानाको घर तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top