ट्रेण्डिङ

होमपेज / समाज

विभिन्न धनमाल चोरी

नेपालगाथा २०७७ माघ २७ गते मंगलबार १४:२८:१७ मा प्रकाशित

काठमाडौं, २७ माघ काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वर डेरा गरी बस्ने ३ जनाको कोठाबाट २ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ ।

सोही घरमा डेरा गरी बस्नेहरु सिन्धुलीका ४८ वर्षीय ललित वहादुर वयलकोटीको कोठाबाट सुनका विभिन्न गहना र नगद ४० हजार रूपैयाँ गरी करिब १ लाख ३० हजार
रूपैयाँ, दोलखा घर भएका ३७ वर्षीया सावित्री कार्कीको कोठाबाट नगद १० हजार रूपैयाँ र सिन्धुली घर भएका २७ वर्षीय प्रेम बहादुर बुढाथोकीको कोठाबाट १ लाख ३५ हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहना गरी उक्त रकम बराबरको धनमाल चोरी भएको हो ।

चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top