ट्रेण्डिङ

होमपेज / समाज

वैशाख १७ मा ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय

नेपालगाथा २०७७ माघ २७ गते मंगलबार ११:४१:०५ मा प्रकाशित

काठमाडौँ । मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन हुने प्रदेश र जिल्ला विभाजन गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बसेको बैठकले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top