होमपेज / समाज
काठमाडौं, २६ माघ काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-२ सिम्थली बस्ने ३८ वर्षीय यादव भण्डारी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काभ्रेपलाञ्चोक, चौरीदेउराली गाउँपालिका-९ गोठपानी शिवालय बस्ने ७० वर्षीय मान बहादुर बिक सोही ठाउँ स्थित मन्सुली पाथीभरा जंगल नजिक बाटोमा आइतबार
मृत अवस्थामा फेला परेका छन् । झापा, दमक नगरपालिका-८ पूर्वी बस स्टेशन छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।