ट्रेण्डिङ

होमपेज / समाज

करिब १० लाख रुपैयाँ बराबरको प्रतिबन्धित औषधि बरामद

नेपालगाथा २०७७ माघ २६ गते सोमबार १४:३८:२४ मा प्रकाशित

मोरङ, २६ माघ बिराटनगर महानगरपालिका-५ मुनालपथबाट करिब १० लाख रुपैयाँ बराबरको नेपालमा प्रतिबन्धित विभिन्न ब्राण्डका औषधिहरु आइतबार राति प्रहरीले बरामद गरेको छ ।

सोही महानगरपालिका-१० न्युरो अस्पताल पछाडि राजेन्द्र साहको घरमा अबैध औषधी भण्डार गरेको भन्ने बिशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जाँच गर्दा घरमा भण्डार गरी राखेको अवस्थामा उक्त औषधिहरु फेला पारी बरामद गरेको हो । साथै थप अनुसन्धानका लागि उक्त औषधिहरु रेखदेख गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top