होमपेज / समाज
झापा, २६ माघ कचनकवल गाउँपालिका-६ बनियानी चोकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय रतन राजबंशी र ३३ वर्षीय डिल्ली राजबंशी रहेका छन् । मोटरसाइकलमा बिना हेलमेट सवार भइरहेका उनीहरुलाई ईलाका
प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले हेलमेट लगाउनु भनी रोक्दा प्रहरीलाई गाली गलौज तथा हातपात समेत गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।