ट्रेण्डिङ

होमपेज / समाज

अवैध लागूऔषध सहित पक्राउ

नेपालगाथा २०७७ माघ २५ गते आइतबार १८:०८:२७ मा प्रकाशित

काठमाडौं, २५ माघ कास्की, पोखरा महानगरपालिका-१० बुद्धचोक कान्तिपुरमार्गबाट नियन्त्रित लागूऔषध १५ एम्पुल बुप्रिनोर्फिन, १५ एम्पुल डाईजेपाम र १५ एम्पुल फेनरागन सहित सोही ठाउँ बस्ने ३५ वर्षीय राम बहादुर गुरुङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पोखरामा लागूऔषध ओसारपसार एवं कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी गुरुङलाई पक्राउ गरेको हो । कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बनपुरुवाबाट १९ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा घोडाघोडी नगरपालिका-१ बस्ने २३ वर्षीय सुरेश बोगटी र २३ वर्षीया अम्बिका बिक रहेका छन् । सोही ठाउँस्थित खटिएको प्रहरीले बा.६८ प ३१६९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सुरेश र मोटरसाइकलमा सवार अम्बिकाको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top