ट्रेण्डिङ

होमपेज / समाज

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ माघ २५ गते आइतबार १८:०५:३२ मा प्रकाशित

तेह्रथुम, २५ माघ आफ्नै ४७ वर्षीया श्रीमती मइतरानी लिम्बुको हत्या गरेको अभियोगमा लालिगुराँस नगरपालिका-३ मुसाङ्खेल माथिल्लो लिम्बु टोल बस्ने ४३ वर्षीय नर बहादुर लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा नर बहादुरले बञ्चरोले टाउकोमा प्रहार गर्दा मइतरानीको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले नर बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top