होमपेज / समाज
कैलाली। कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको घरमा एक युवती मृत फेला परेकी छन् । सोही ठाउँकी २३ वर्षीया अज्जिता चौधरी वडा सदस्यको घरको कोठामा झुण्डिएको अवस्थामा आइतवार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक विष्टले जानकारी दिएका छन् । घटना शंकास्पद भएको भन्दै मृतकका परिवारले हत्याको आशंका गरेका छन् ।
‘घटनाको खबर पाएपछि हाम्रो टोली घटनास्थल पुगेको छ’, डीएसपी विष्टले भने, ‘अनुसन्धान सुरु भएको छ, विस्तृत विवरण आइसकेको छैन् ।’ प्रहरीका अनुसार कोठामा चुकुल लगाएको अवस्थामा अज्जिता मृत भेटिएकी हुन्। वडा सदस्य चौधरी गौरीगंगा नगरपालिका–३ का कार्यवहाक वडाध्यक्ष हुन् ।
पारिवारिक स्रोतका अनुसार मृतक अज्जिता र वडा सदस्य चौधरीबीच ‘प्रेम सम्बन्ध’ रहेको खुलेको छ । चौधरी अहिले फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।