होमपेज / समाज
काठमाडाैं । कञ्चनपुरमा नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित दुई जना पक्राउ परेका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका १० भुराबाट गस्तीमा रहेको प्रहरीले शनिबार नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पुनर्वास नगरपालिका– ६ बस्ने ४५ वर्षिय रमेश खाती र काठमाडौ महानगरपालिका १४ बौद्ध बस्ने ३३ वर्षिय विष्णु भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।
उनीहरुको साथबाट नक्कनी नोट बनाउने काँचको पाटा, हजारको नोट थान १, ५ सयको नोट थान २, विभिन्न साइजका कागज थान ३८० र केमिकल जस्तो रंगसहित २ वटा स्टीलको थाल प्रहरीले बरामद गरेको हो ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले जानकारी दिए ।