होमपेज / समाज
काठमाडाैं सरकारले सोमबारदेखि दोस्रो चरणमा पत्रकार, दूतावास र यूएन एजेन्सीका कर्मचारीलाई प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।
जोखिमका आधारमा सूची तयार पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । माघ १४ देखि शनिबारसम्मको पहिलो चरणमा १ लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् ।
सिभिल अस्पतालमा पत्रकारलाई र पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । शिक्षण अस्पताल महारागन्ज र बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइनेछ । उनीहरूलाई सोमबारदेखि शुक्रबारसम्म खोप लगाइसक्ने मन्त्रालयमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
खोप लगाउन पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस प्रमाणपत्र आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।