होमपेज / समाज
काठमाडाैं । वर्षा र हिमपातपछि काठमाडौंसहित देशभर चिसो बढेको छ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले मुलुकका विभिन्न भागमा भएको वर्षा र हिमपातपछि मुलुकभरको तापक्रममा गिरावट आएको छ ।
पश्चिमी वायुकै प्रभावले काठमाडौं उपत्यकामा आज पनि बाक्लो हुस्सु लागिरहेको छ । काठमाडौं उपत्यकामा आइतबार पनि हुस्सु लागेको थियो भने बिहान सामान्य वर्षा भएको थियो । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा आज पनि पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ तर, तीन दिनसम्म वर्षाको सम्भावना छैन ।