होमपेज / समाज
काठमाडौँ । देशका विभिन्न स्थानमा शनिबार वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानमा वर्षा हुनुका साथै हिमपातसमेत भएको छ। प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसमविद् सविना कार्कीले जानकारी दिइन्।
मौसमविद् कार्कीका अनुसार देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपातसमेत भएको छ। काठमाडौँको चन्द्रगिरीमा पनि शनिबार हिउँ परेको छ। हिमपातका कारण उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ। लामो समयसम्म पानी नपर्दा चिन्तित बनेका किसानलाई भने वर्षापछि केही राहत भएको छ।
मौसममा आइतबारदेखि सुधार हुने मौसमविद् कार्कीले जानकारी दिइन्।