होमपेज / समाज
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमतिको कुल संख्या दुई लाख ७१ हजार ८०६ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६७ हजार ८१२ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । कोरोना संक्रमण उच्च विन्दुमा पुगेयता मृत्यु शून्य भएको यो तेस्रोपटक हो । कोरोनाका कारण देशभर हालसम्म दुई हजार ३५ जनाको मृत्यु भइसकेको छ । हाल देशभर एक हजार ९५९ जना आइसोलेसनमा छन् भने ९५ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।