ट्रेण्डिङ

होमपेज / समाज

हत्या गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ माघ २३ गते शुक्रबार १६:३२:०० मा प्रकाशित

सिन्धुली, २३ माघ आफ्नै दाई ४६ वर्षीय चेत बहादुर बम्जनको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मरिण गाउँपालिका-३ मथौली बस्ने ४० वर्षीय मान बहादुर बम्जनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मान बहादुरले बन्चरोको पासो र खुकुरी प्रहार गर्दा चेत बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले मान बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top