ट्रेण्डिङ

होमपेज / समाज

१ सय ५९ एम्पुल नुर्फिन सहित ५ जना पक्राउ

नेपालगाथा २०७७ माघ २३ गते शुक्रबार १६:२६:२७ मा प्रकाशित

नवलपरासी पूर्व, २३ माघ बिनयी त्रिबेणी गाउँपालिका-१ दुम्किबास बजारबाट नियन्त्रित लागूऔषध १ सय ४८ एम्पुल फेनारगन, १ सय ४९ एम्पुल डाईजेपाम र १ सय ५९ एम्पुल नुर्फिन सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्बत कुस्मा नगरपालिका-४ बस्ने २५ वर्षीय सम्सेर घर्ती मगर, कास्की पोखरा महानगरपालिका-१० बस्ने २३ वर्षीय बिजय चौधरी, चितवन भरतपुर महानगरपालिका-१४ बस्ने २४ वर्षीय दिपेश बिक, चितवन भरतपुर महानगरपालिका-१६ बस्ने २६ वर्षीय सर्बबिद बस्नेत र भरतपुर महानगरपालिका-१९ बस्ने ३३ वर्षीय सिंहराज लामा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top