ट्रेण्डिङ

होमपेज / समाज

अवैध लागूऔषध सहित पक्राउ

नेपालगाथा २०७७ माघ २२ गते बिहीबार १७:२६:२३ मा प्रकाशित

काठमाडौं, २२ माघ काठमाडौं महानगरपालिका-१२ टेकुस्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय एम्पुल बुप्रेनोर्फिन, १ सय एम्पुल डाईजेपाम र १ सय एम्पुल फेनारगन सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रौतहट मौलापुर नगरपालिका-२ ठेगाना भएका दुखा कुमार यादव र फतुवापुर नगरपालिका-२ ठेगाना भएका अरविन्द्र मुखिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्तलागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै दुखा कुमार यादवको ललितपुर महानगरपालिका-२ सानेपास्थित डेराबाट नियन्त्रित लागूऔषध ३ सय एम्पुल बुप्रेनोर्फिन, ३ सय एम्पुल डाईजेपाम र ३ सय एम्पुल फेनारगन समेत प्रहरीले बरामद गरेको छ ।

सुनसरी, धरान उपमहानगरपालिका-१७ स्थित सडकबाट ७२ पिस डाईलेक्स डिसी सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु कोशी गाउँपालिका-६ बस्ने १९ वर्षीय शिव कुमार मुखिया र २० वर्षीय मन्दिप कुमार राम रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले को.२ प ५५४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, छिपहरमाई गाउँपालिका-५ भिष्वाचोकबाट १० केजी अवैध लागूऔषध गाँजा सहित धोबिनी गाउँपालिका-५ नयँका टोल बस्ने ४० वर्षीय संसुल मियाँलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिष्वाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top