ट्रेण्डिङ

होमपेज / समाज

अवैध लागूऔषध सहित पक्राउ

नेपालगाथा २०७७ माघ २१ गते बुधबार १७:०१:५९ मा प्रकाशित

झापा, २१ माघ
झापा गाउँपालिका-४ मसानघाटबाट ८ ग्राम ३० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र ९ हजार १ सय ७० भारतीय रुपैयाँ सहित २ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत किशनगञ्ज हल्दावान- ८ बस्ने ३० वर्षीय मो। आलम र २८ वर्षीय मदिउर रहमान रहेका छन् । विशेष सूचानको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top