होमपेज / समाज
काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा आंशिक बदली रहने जनाएको छ । महाशाखाका अनुसार आज कतै वर्षा र कतै हिमपातको सम्भावना छ ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आशिंक बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।