ट्रेण्डिङ

होमपेज / समाज

मंगलबार थपिए १७१ जना कोरोना संक्रमित

नेपालगाथा २०७७ माघ २० गते मंगलबार १६:३७:५६ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार २८९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ।

हाल देशभर २ हजार ४ सय जना सक्रिय संक्रमित रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३० पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top