होमपेज / समाज
काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका नेता हेमन्तप्रकाश वलीसँग भेटघाट गरेका छन् । वलीलाई भेट्न मन्त्री थापा मंगलबार बिहान ११ बजेतिर नख्खु कारागार पुगेको प्रहरीले जनाएको छ ।दुई वर्षअघि पक्राउ गरिएका वलीलाई पुर्पक्षका लागि नख्खु कारागारमा राखिएको छ ।
सरकारका तर्फबाट चन्दसँग वार्ताको सन्देश दिन मन्त्री थापा कारागार पुगेको स्रोतको भनाइ छ । वली र धर्मेन्द्र बास्तोलालाई सरकारसँग वार्ताका लागि आउँदै गर्दा पक्राउ गरिएको उक्त समूहले दाबी गर्दै आएको छ ।