ट्रेण्डिङ

होमपेज / समाज

एमजी एचएस प्रिमियम एसयूभीको अग्रिम बुकिङ खुल्ला

नेपालगाथा २०७७ माघ २० गते मंगलबार १५:०३:३६ मा प्रकाशित

काठमाडौँ । पारामाउन्ट मोटर्स प्रालि नेपालको लागि एमजीको आधिकारिक वितरकले एमजी एचएस प्रिमियम एसयूभीको अग्रिम बुकिङ खुल्ला गरेको छ। यसलाई नेपाल ल्याएको अवसर पारेर केही समयको लागि कम्पनीले ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विक्री सुरु गर्न लागेको हो। अल न्यू स्टाइलिस एसयूभीको रुपमा बजारमा आउन लागेको एमजी एचएस निकै सुरक्षित एसयूभी रहेको कम्पनीले जनाएको छ।

विशेषत सुरक्षाको लागि आवश्यक सबै मापदण्ड पूरा गरेको एचएसमा अगाडि ड्यूल र साइड कटन एयरव्याग दिइएको छ। गाडीलाई चालकमैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पाट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफू अनुकुल बनाउन सकिने ड्राइभिङ सिट, ४ तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुबै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यू मिरर जस्ता फिचर यसमा उपलब्ध रहेका छन्।

साथै, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा रहेको छ। जसमा एप्पलका र प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ। यसमा रहेको १८ इन्चको अलोय ह्वील र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुबैलाई प्रिमियमबनाएको छ। एमजीएचएसमा १.५ लिटर टर्बो इन्जिन उपलब्ध रहेको छ। उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १५२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएमपिक टर्क प्रदान गर्छ । यसमा ७ स्पीड डिसिटी गियरबक्स उपलब्ध रहेको छ।

विभिन्न तीन कलर भेरियन्टमा यसलाई ग्राहकले किन्न सक्नु हुने छ। जसमा कालो, सेतो र रातो कलर भेरियन्ट रहेका छन्। अहिले बुकिङ गर्ने ग्राहकलाई आगामी मार्च दोस्रो साता सम्ममा डेलिभरी दिइने छ। आफ्नो पुरानो गाडीलाई एक्सचेन्ज गर्न चाहनेहरुलेलाइै कम्पनीले एमजी एचएस बुकिङ गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top