ट्रेण्डिङ

होमपेज / समाज

पूर्व सचिव सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त

नेपालगाथा २०७७ माघ २० गते मंगलबार ०९:३४:०५ मा प्रकाशित

काठमाडौँ । पूर्व सचिव सूर्यप्रसाद सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको रोजाइमा रहेका सिलवाललाई मन्त्रिपरिषद् बैठकले बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको अर्थ मन्त्रालय स्रोतले बतायो । बीमा समितिको अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ ।

चिरञ्जीवी चापागाईँको कार्यकाल समाप्त भएको झन्डै एक महिनापछि सरकारले नयाँ अध्यक्षको नियुक्ति गरेको हो । गृह सचिवबाट सेवा निवृत्त सिलवालले लामो समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भारत डेस्क हेर्ने सहसचिव तथा पछि सोही मन्त्रालयको सचिवका रूपमा काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top