होमपेज / समाज
महोत्तरी, १९ माघ नगद १ लाख ७६ हजार रुपैयाँ र करिब साढे ३ तोला बराबरको सुनका विभिन्न गहना चोरी गरेको अभियोगमा सोही नगरपालिका-५ टुटेश्वर बरडाँडा बस्ने १५ वर्षीय किशोरलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
बर्दिबास नगरपालिका-१० बिश्वकर्मा चोक बस्ने कुल बहादुर देवकोटाको घरबाट कोही नभएको अवस्थामा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरीले चोरीमा संलग्न ती किशोरलाई पक्राउ गरेको हो । चोरीमा संलग्न फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।