होमपेज / समाज
काठमाडौं, १९ माघ झापा, कचनकबल गाउँपालिका-१ घेराबारी बस्ने गोबर्धन राजबंशीको घरमा गएराति आगलागी हुँदा सोही आगोमा जलेर उनको मृत्यु भएको छ ।
आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । धनकुटा, धनकुटा नगरपालिका-९ सवाबारी बस्ने ८८ वर्षीया भक्त कुमारी बरालको आफ्नै घरको भान्सामा आगो ताप्ने क्रममा आइतबार जलेर मृत्यु भएको छ । स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।