ट्रेण्डिङ

होमपेज / समाज

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

नेपालगाथा २०७७ माघ १९ गते सोमबार ११:१९:५३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा प्रकाशित गरेकाे छ।  नतिजा भर्खरै प्रकाशित भैसककेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए। उनले नतिजा अपलोड भइरहेकाे समेत बताए। ‘एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ,’उनले भने,‘अरु कुन माध्यमबाट हेर्ने भनेर हाम्रो वैवसाइटमा अपलोड गरिरहेका छौँ। त्यहाँ हेरेर पनि नतिजा हेर्न सकिने छ।’ अध्यक्ष पौडेलका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। परीक्षा गत मंसिर ९ गतेबाट सुरु भएर मंसिर १६ गते सकिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top