होमपेज / समाज
काठमाडाैं । अब केही समयपछि राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक बस्नेछ । कक्षा १२ को नजिता सार्वजनिक गर्ने तयारीका लागि १० बजे बोर्ड बैठक बोलाइएको हो ।
बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णंकको मात्र परीक्षा लिएको थियो । आइतबार बसेको बोर्ड बैठकले नतिजाको डमी हेरेको र केही समस्या नदेखिए आज नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो । कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।