ट्रेण्डिङ

होमपेज / समाज

आगलागीमा परेर २ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

नेपालगाथा २०७७ माघ १८ गते आइतबार १४:१२:४५ मा प्रकाशित

काठमाडौं, १८ माघ सोलुखुम्बु, नेचा सल्यान गाउँपालिका-२ बस्ने संगम निरौलाको मतान घरमा शनिबार दिउँसो आगलागी हुँदा उनको ७ वर्षीय छोरा सुगम निरौला र सोही ठाउँ बस्ने सन्देश निरौलाको ४ वर्षीया छोरी सुदिस्मा निरौलाको जलेर मृत्यु भएको छ ।

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ कुलेश्वरस्थित दिपक मेटल वर्कशपमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-११ शेषमतीस्थित पसल संचालन गर्दै आएका टोखा नगरपालिका-८ घर भएका ४१ वर्षीय रामहरी रिमालको पुजा समाग्री पसलमा शनिबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा पुजाका सामाग्रीहरू जलेर करिब २ लाख ८३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नुवाकोट, बेलकोटगढी नगरपालिका-७ रातमाटेस्थित सुनारटोल बस्ने ३८ वर्षीय लालबहादुर लगुन सुनारको घरमा शनिबार राति विद्युत सर्ट भई आगलागी हुँदा करिब १ लाख ८७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयबासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top