ट्रेण्डिङ

होमपेज / समाज

कैलालीमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

नेपालगाथा २०७७ माघ १८ गते आइतबार ०८:५१:३५ मा प्रकाशित

धनगढी । कैलालीको घोडाघाडी नगरपालिका–१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा शनिबार राति ११ बजे  पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको ट्याक्टर र सोही दिशातर्फ गइरहेको बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा छन् ।ट्याक्टर चालकलाई सुक्खड प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top