ट्रेण्डिङ

होमपेज / समाज

खोप लगाएर विदेशबाट आएकाले क्वारेन्टाइन बस्नु नपर्ने मापदण्डको तयारी

नेपालगाथा २०७७ माघ १६ गते शुक्रबार २०:४५:२२ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई क्वारेन्टाइनमा बस्न नपर्ने मापदण्ड बनाइने भएको छ। शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा पर्यटन क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै विदेशमा कोरोनाविरुद्धको खोप लगाएर आएका पर्यटकहरुले नेपालमा क्वारेन्टाइन बस्नु नपर्ने मापदण्ड छिट्टै लागू हुने बताएका हुन्। उनका अनुसार मन्त्रालयले उक्त प्रस्ताव सिसिएमसी हुँदै मन्त्रिपरिषदमा लगेर निर्णय हुने बित्तिकै पदण्ड लागू हुनेछ।

खोप लगाएकाहरुलाई अनअराइभल भिसा दिने समेत मन्त्री ढकालले बताए। मन्त्री ढकालले विदेशमा रहेका नेपाली वा विदेशी पर्यटकलाई नेपाल आउन सहज होस् भन्नका लागि उक्त मापदण्ड लागू गर्न लागिएको बताए। हाल विदेशबाट आउँदा १० दिन क्वारेन्टिन बस्नुपर्ने प्रावधान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top