होमपेज / समाज
काठमाडौं, १६ माघ मोरङ, बुढीगंगा गाउँपालिका-६ बनरझुला बस्ने ५५ वर्षीय नारायण माझी सोही ठाउँस्थित बाटोको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, खैरहनी नगरपालिका-८ सुनगाभास्थित टहरोमा रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय मंगले लामा शुक्रबार मृत अवस्था फेला परेका छन् । प्युठान, सरुमारानी गाउँपालिका-४ कुडुलेस्थित माडीखोलामा हाल नाम, थर, वतन नखुलेकी करिब ३६ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । अर्घाखाँची, भुमिकास्थान नगरपालिका-५ बुदुनमारास्थित खरबारीमा सोही नगरपालिका-१ कालिमाटी बस्ने चितवन घर भएका २८ वर्षीय गोपाल थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।