ट्रेण्डिङ

होमपेज / समाज

नौ महिनापछि बिहीबार कोरोना संक्रमणबाट ज्यान गुमाउने शू्न्य

नेपालगाथा २०७७ माघ १५ गते बिहीबार १७:५४:५७ मा प्रकाशित

काठमाडौँ । गत चौबीस घन्टामा कोरोना भाइरसको संक्रमणबाट एकै जना संक्रमितको पनि ज्यान नगुमेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यसअघि गत जेठ ३ गते सिन्धुुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलो पटक मृत्यु भएको थियो। त्यसपश्चात नेपालमा दिनहुँ जसो कोरोना संक्रमणबाट निधन हुनेको संख्या बढ्ने क्रममा थियो। तर कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको ९ महिना पश्चात बिहीबार पहिलो पटक कोही पनि मृतक नभेटिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top