ट्रेण्डिङ

होमपेज / समाज

मध्यरातमा ठक्कर दिएर सवारीसाधन फरार,ठक्करबाट घाइते भएका पुरुषको राति नै मृत्यु

नेपालगाथा २०७७ माघ १५ गते बिहीबार ११:५६:०८ मा प्रकाशित

काठमाडाैँ।  बुधबार मध्यराति लोकन्थलीबाट कोटेश्वर जाने लेनमा एक जना मानिसलाई ठक्कर दिएर सवारीसाधन फरार भएको छ।

ठक्करबाट घाइते भएका ती पुरुषको बुधबार राति नै मृत्यु भएको  छ।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यराति ठिमी नगरपालिका(१ स्थिति लोकन्थली मनहरा सडकखण्डमा अधवैंशे पुरुष घाइते अवस्थामा भेटिएका थिए।

उनलाई मध्यपुर ठिमी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top