होमपेज / समाज
काठमाडाैँ। कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले हिजो देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिनुभयो ।
हिजो भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ ।
प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, वागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१, सदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका छन् । पहिलो चरणको खोप अभियानमा स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीलाइ लगाइने मन्त्रालयले जनाएको छ ।