ट्रेण्डिङ

होमपेज / समाज

८० वर्षका अमात्यले लगाए कोरोना भाइरसविरुद्धको खोप

नेपालगाथा २०७७ माघ १४ गते बुधबार ११:१४:३५ मा प्रकाशित

काठमाडौँ ।  ८० वर्षका नेत्रबहादुर अमात्यले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रेडियोलोजिस्ट कन्सल्टेन्ट अमात्यले बुधबार बिहान टेकु अस्पतालमा तेस्रो नम्बरमा खोप लगाएका हुन् । टेकु अस्पतलाका निदेर्शक डा. सागरराज राजभण्डारी तथा डा. अनुप बास्तोलाले खोप लगाएपछि तेस्रो नम्बरमा ८० वर्षका अमात्यले खोप लगाएका हुन् । उनी कोरोना भाइरसविरुद्धको खोप लगाउने सीमित नेपाली मध्ये पाको उमेरका व्यक्तिमा पर्छन् ।

नेपालमा बुधबारदेखि पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीसहितलाई प्राथमिकतामा राखेर खोप अभियान सुरु भएको छ । भारतले दिएको १० लाख डोज खोपबाट अभियान थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top