होमपेज / समाज
सल्यान । बसमा छुटेको नगद चार लाख रूपैयाँ सल्यान प्रहरीले फेला पारि सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । सिद्धकुमाख गाउँपालिका-४, खारवनका २४ वर्षीय मानबहादुर रोकालाई उक्त रुपैयाँ बुझाएको हो ।
रोका श्रीनगरबाट ढोरचौरतर्फ गाडीमा यात्रा गरेर झर्ने क्रममा उक्त रुपैयाँसहितको झोला गाडीमा बिर्सेका थिए । गाडीमा रुपैयाँ छुटेको भन्दै उनले प्रहरीलाई खबर गरेपछि प्रहरीले थारमारेमा चेकजाँच गर्दा रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिए । उक्त फेला पारेको रकम सोही गाउँको जलस्रोत उपभोक्ता समिति निर्माण योजनाको पहिलो किस्ता भएको बुझिएको छ ।