होमपेज / समाज
काठमाडौँ । झापा प्रहरीले नेटवर्किङ् व्यापारको रुपमा कारोवार गर्दै आएको ओरियन्स कम्पनीका विभिन्न उत्पादन बरामद गरेको छ । सो मध्ये ८७ लाख २६ हजार ५ सय २० रुपैयाँको मात्र बिल पाईएकाले राजश्व छलीको आशंकामा प्रहरीले बरामद गरेको जनाएको छ ।
झापाको दमक– ६ मा रहेको कम्पनीको गोदामनै प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौको बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रालिबाट केही परिमाणका वस्तु खरिद गरेको र अन्य बस्तु भन्सार तथा राजश्व छली गरी ल्याईएको आशंकामा प्रहरीले ती समान बरामद गरेको हो ।दमक ६ का जितेन्द्र शाहले ती समान गोदाम गरी राखिएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।
पक्राउ परेको व्यक्तिसहित समान थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइने प्रहरीले जनाएको छ ।