ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँमा महिलाको कोठाबाट ६ केजीभन्दा बढी गाँजा ‘पोल्यान्ड’ बरामद

नेपालगाथा २०७७ माघ १३ गते मंगलबार १४:४३:१५ मा प्रकाशित

काठमाडौँ । प्रहरीले काठमाडौँको रविभवनबाट गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका-७ घर भई चन्द्रागिरी नगरपालिका-१ बस्ने ३७ वर्षीया रिता खड्का र सोही ठाउँ बस्ने धादिङकी २९ वर्षीया अमृता तामाङ रहेका छन्।

रिताले बोकेको ब्यागमा ३ सय १२ ग्राम गाँजा र अमृताले बोकेको ब्यागबाट ४ सय ४ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अमृताको कोठा खानतलासी गर्दा ६ केजी ९० ग्राम गाँजा र ६ लाख ५७ हजार रुपैयाँ नेपाली रुपैयाँ बरामद भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top