ट्रेण्डिङ

होमपेज / समाज

कोरोना भाइरसबाट  विश्वभर  संक्रमित हुनेको सँख्या  १० करोड नाघ्याे, मृत्यु हुनेको संख्या २१ लाख ४८ हजार ४६७

नेपालगाथा २०७७ माघ १३ गते मंगलबार ०८:२९:५८ मा प्रकाशित

काठमाडौं ।  कोरोना भाइरसबाट  विश्वभर  संक्रमित हुनेको सँख्या  १० करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड २ लाख ५८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार ४१४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख ४८ हजार ४६७ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ३१ हजार २९७ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजीलमा ६३१ जना, रुसमा ४५६ जना, बेलायतमा ५९२ जना, फ्रान्समा चार सय ४५ जना, इटालीमा ४२० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top