होमपेज / समाज
काठमाडौं, १२ माघ शरीर बन्धक बनाई जबरजस्ती करणी र डाँका कसूरका फरार अभियुक्त सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ गुन्टे गाँउ ठेगाना भएका कैलाश भन्ने २४ वर्षीय रोहन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७७ असोज १५ गते एक महिलालाई घर पुर्याई दिने भनी मोटरसाइकलमा राखी लिएर गएकोमा घरतर्फ नलगी अपहरण तथा शरीर बन्धक गरी सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ स्थित मान्जे भन्ने ठाउँमा लगेर रोहन समेतका प्रतिवादीहरूले उनलाई जबरजस्ती करणी गरी लगाएको गहना समेत लुटपाट एवं डाँका गरी घटना पश्चात फरार भएका थिए । अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट रोहनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाएको उक्त महाशाखाले जनाएको छ ।